Home  
Janahit Voice

कोशी अस्पतालमा डुलाउँदा-डुलाउँदै बिरामीको गयो ज्यान

२८ असार २०८०, बिहीबार

विराटनगर – विराटनगरस्थित कोशी अस्पतालको ओपीडी वार्डमा समयमै उपचार नपाएर ५५ बर्षीया एक महिलाको मृत्यु भएको छ ।

मोरङको जहदा गाउँपालिका १ की ५५ बर्षीया द्रोपतीदेवी राजवंशीको अस्पतालले उपचारमा ढिलासुस्ती गरेको कारण मृत्यु भएको परिवारको आरोप छ ।

असार २४ गते बिहान पेटमा समस्या भएपछि राजवंशी कोशी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । आकस्मिक कक्षका स्वास्थ्यकर्मीहरूले राजवंशीलाई ओपीडीको स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक बस्ने कोठामा रेफर गरिदिए । गाइनोका चिकित्सकले राजवंशीको पेटमा घाउ देखेपछि सर्जरी वार्डमा पठाइदिए । सर्जरीका चिकित्सकलाई देखाउन नपाउँदै राजवंशीको ओपिडीको वार्डमा २४ असारमा दिउँसो मृत्यु भयो ।

राजवंशीलाई अस्पताल लिएर आएका छिमेकी देवन्तकुमार राजवंशीले उपचारमा ढिलासुस्ती भएको कारणले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । ‘सुरुमा हामीले आकस्मिक कक्षमा बिरामी लिएर आयौँ, त्यहाँ राम्रोसँग हेरेर विशेषज्ञ चिकित्सक बोलाएर उपचार सुरु गरेको भए बिरामीलाई बचाउन सकिन्थ्यो’ उनले भने, ‘तर, हस्पिटलका स्वास्थ्यकर्मीले एकपछि अर्कोलाई देखाउन लगाउँदा बिरामीले ज्यान गुमाउनुपर्‍यो ।’ यसरी उपचारमा ढिलासुस्ती गर्ने स्वास्थ्यकर्मी र चिकित्सकलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ ।,

राजवंशीमा लामो समयदेखि पटेको समस्या रहेको थियो । उनको केही समय अगाडि पाठेघरको शल्यक्रिया गरिएको थियो । फेरि पाठेघरको समस्या बल्झिएपछि उनी अस्पताल आएकी थिइन् । थप उपचार गर्न नपाउँदै उनको निधन भएको छ ।

कोशी अस्पतालका मेसु डा.चन्द्रभाल झाले घटनाको विषयमा छानबिन समिति गठन गरेको बताए । ‘अस्पतालले छानबिन समिति गठन गरेको छ,’ उनले भने, ‘छानबिन समितिले दिएको प्रतिवेदनको आधार थप प्रक्रिया अगाडि बढाउनेछौँ ।’

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *