Home  
Janahit Voice

४० यात्रु सवार बस दासढुंगा नजिक दुर्घटना हुँदा १९ जना घाइते

२९ असार २०८०, शुक्रबार

चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगर पालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

प्रहरी कार्यालय चितवनका अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ जादै गरेको  बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५:२० बजे आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएका हुन् ।

करिब १० मिटर तल खसेपछि बस रुखमा अड्किएको र त्रिशूली नदीमा खस्नबाट जोगिएको बताइएको छ।

बसमा सवार चालक सहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । बस चालक पनि घाइते भएर उपचाररत छन् । घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जना भारतको सिलगुडीका छन्। उनीहरुको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *