Home  
Janahit Voice

बैतडीमा आफ्नै बाजेले कुटेर गम्भीर घाइते भएका दुई बर्षिय बालकको मृत्यु

२९ असार २०८०, शुक्रबार

बैतडी – बिहीबार बैतडीको पुर्चौडी नगरपालिका– ६ मुडेलीधारमा आफ्नै बाजेको कुटपिटबाट दीपक साउदका २ वर्षीय छोरा रेसम साउद र ८ वर्षीय छोरा रिजन साउद गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका दुई बालकहरूमध्ये एकको मृत्यु गएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका मध्ये २ वर्षीय नाति रेसम साउदको डडेलधुरा अस्पतालमा उपचारका क्रममा गयराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले बताएको छ।

अर्का घाइते रिजन साउदलाई पनि डडेलधुरामा उपचार हुन नसकेपछि हिजो रातीनै धनगढी रेफर गरिएको छ । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

हेरचाह गर्न ५० वर्षीय गणेश साउदसँग छोडेर आमा र बजै घाँस काट्न गएको बेलामा साउदले नातिहरूलाई निर्घात कुटपिट गरेका थिए । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।

कुटपिट गर्ने बाजे गणेश साउदलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *