Home  
Janahit Voice

जयनगर रेल आजदेखि थप १७ किमी बढी रेल गुड्ने

३१ असार २०८०, आईतवार

जनकपुरधाम – नेपालको एक मात्र जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ ।

जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको उक्त रेल सेवाको उदघाटन बिहान साढे १० बजे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्ने कार्यक्रम रहेको छ ।

यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो भने आजवाट थप १७ किलोमिटर थप भएपछि अब ५२ किलोमिटर यात्रा विस्तार भएको छ ।

सुरुमा एकपटक जनकपुरदेखि जयनगर जाने र आउने सेवा दिँदै आएकोक रेल गत वर्ष मंसिरदेखि दुवै रेल दिनको दुईपटक आउने र जाने गरी सेवा दिइरहेको छ ।

सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गर्ने बताइएको छ।|यद्यपि भंगहा स्टेशनमा भने  दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गर्ने जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *