Home  
Janahit Voice

पर्वतमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते

३१ असार २०८०, आईतवार

पर्वत- पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङको गौडामुनिमा शनिबार राति भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतकाअनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ । प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था मध्यम छ ।

दुर्घटनामा परी दुर्लुङकै तीन वर्षीय सौरभ विक, २३ वर्षीया शान्ति विक, ७० वर्षीय कृष्णप्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ वर्षीया हीरादेवी मगर, ३५ वर्षीय मीनबहादुर क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, पोखरा बस्ने १६ वर्षीय अमर विक घाइते भएका छन् ।

जिप सडकबाट करिब ३०–३५ मिटर तल खसेको छ ।चालकलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *