Home  
Janahit Voice

गर्मीमा फलफूलको महत्वो

१ श्रावण २०८०, सोमबार

गर्मी मौसममा प्रशस्त मात्रामा फलफूल खानुपर्छ । गर्मीमा लिची, आरुबखडा, चेरी, आँप, रुखकटहर, भुइँकटहर, खरभुजा, बेल आदिको सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ । यहाँ केही फलफूलबारे जानकारी प्रस्तुत गरिएको छ :

चेरी

चेरीमा पाइने खनिज र भिटामिनले हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा पाइने भिटामिनहरूमा ‘सी’, ‘बी–६’, ‘के’ आदि हुन् । त्यस्तै, खनिज पदार्थहरूमा म्याग्नेज, कपर, म्याग्नेसियम आदि हुन् । यसमा एन्टिअक्सिडेन्ट, एन्थोकाइनिन्स, प्रोक्यानिडिन आदि पनि प्रशस्त मात्रामा पाइन्छन् । यी भिटामिन र खनिज तत्वहरूले शरीरका तन्तुलाई सुरक्षित राख्छन् । चेरीले क्रोनिक रोगहरूबाट सुरक्षित राख्न सहयोग गर्छ ।

आरु

आरुमा विभिन्न प्रकारको पोषक तत्व पाइन्छ । यसमा उच्च मात्रामा कपर, म्यागनेज, भिटामिन ‘बी–३’ ‘के’, र क्यारोटेनोइड, लुइटिन आदि पाइन्छन् । साथै यसमा पाइने एन्टि–एजिङ, पिग्मेन्टेसनले अनुहारका दागहरू हटाई स्वस्थ राख्छन् । मधुमेह, क्यान्सर, प्रोस्टेट क्यान्सर र आँखाको रोगबाट जोगाउँछन् । यिनले अन्य फलफूलको तुलनामा २६ गुणा बढी रोगप्रतिरोधात्मक क्षमता प्रदान गर्छन् ।

लिची

लिची स्वास्थ्यवर्द्धक फल हो । यो गुलियो, रसिलो, स्वादिलो र मीठो हुन्छ । यसमा कार्बोहाइड्रेड, प्रोटिन, फाइबर, भिटामिन ‘सी’, ‘बी–६’, फस्फोरस, कपर र पोटासियम प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वहरूले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछन् । छाला र हाडलाई स्वस्थ बनाउनुका साथै लिभरलाई जोगाउँछन् । लिचीले मुटुलाई स्वस्थ बनाउन र शरीरको तौल नियन्त्रणमा सघाउँछ ।

आँप

आँपलाई फलफूलको राजा भनिन्छ । मधेश–तराईको आँप अत्यन्तै रसिलो, पोसिलो, स्वादिलो र पोषणले भरिपूर्ण हुन्छ । यसमा भिटामिन ‘ए’, ‘बी’ ‘सी’, ‘ई’ ‘के’ आदि प्रशस्त मात्रामा पाइन्छन् । आँपमा पाइने म्याग्नेसियम, कपर आदिले पाचन प्रणालीलाई बलियो बनाउँछन् । कब्जियतको समस्या भएकाहरूका लागि आँप वरदान नै हो । दैनिक तीन सय ग्राम आँप सेवन गर्दा धेरै फाइदा हुन्छ । पेटको समस्या हुनबाट जोगाउनुका साथै आमाशयलाई बलियो बनाउँछ । क्यान्सरको जोखिमलाई कम गर्नमा समेत आँपले सहयोग गर्छ । मधुमेहका रोगीले भरसक आँप खानुहुँदैन । कतिपय अवस्थामा साना एक–दुई टुक्रा खान सकिन्छ ।

(पोषणविद्सँगको कुराकानी )

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *