Home  
Janahit Voice

आज पनि एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

२ श्रावण २०८०, मंगलवार

काठमाडौँ- आज पनि नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । उक्त बैठक बिहान ९ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु हुनेछ ।

शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको केन्द्रीय प्रचार विभागले जनाएको छ। छलफलमा सहभागी नेताहरुले समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा केन्द्रित रहेर विषयबीतु राखिरहेका छन् ।

पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदहरूमा कसलाई मनोनीत गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *