Home  
Janahit Voice

आजदेखि महिना दिन लामो ‘मत्स्यनारायण मेला’ सुरु

२ श्रावण २०८०, मंगलवार

काठमाडौँ- काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा  महिना दिनसम्म मनाइने मत्स्यनारायण मेला आजबाट सुरू भएको छ।यो मेला  तीन वर्षमा एक पटकमात्र लाग्ने गर्छ । आजबाट सुरूहुने मेला साउन ३१ गते सकिनेछ।

मेलाका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं ९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा बिहानबाटै भक्तजनहरूको भीड लागेको छ ।

तीन वर्षअघि कोरोना भाइरस महामारीका कारण यहाँ मेला लागेको थिएन् । यसपटक करिब २० लाख भक्तजनले मत्स्यनारायण मेला भर्ने अपेक्षा गरिएको पुरूषोत्तममास मेला व्यवस्थापन समितिले जनाएको छ।

पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मत्स्यनारायणमा स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ।

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक ग्रन्थ उल्लेख गरिएको छ । मत्स्यनारायणका रूपमा भगवान विष्णुले पहिलो अवतार लिएको स्थानको रुपमा अधिकमासको समयमा मन्दिरमा पूजा आराधना गर्न मिल्ने धार्मिक विश्वास छ । मलमास अवधिमा अन्य मन्दिरहरूमा पूजापाठ नचल्ने बताइन्छ ।

मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *