Home  
Janahit Voice

नागरिकताको सिफारिस गर्ने नक्कली बाबु जेल चलान

३ श्रावण २०८०, बुधबार

विराटनगर- नक्कली बाबु बनेर नागरिकताको सिफारिस गर्ने दुई जनालाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

डेढ वर्ष अगाडि पक्राउ परेका ताप्लेजुङ मौवाखोला ४ का ६१ वर्षीय सूर्यहाङ लिम्बू र सुनसरीको धरान ११ बस्ने ६० वर्षका सूर्यबहादुर फयाङ लिम्बूलाई जिल्ला अदालत मोरङले सोमबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

दुवैजनालाई प्रहरीले २०७८ साल माघ २४ गते पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङबाट सूर्यहाङ लिम्बूले बेलबारी नगरपालिका ११ बस्ने भन्दै आफू बुबा भएको कागजात बनाएर कास्की पोखरा १० स्थायी घर भएका रविन गुरुङ, पोखरा १२ का प्रसान्त मगर र पोखरा १६ का गणेश गुरुङलाई नागरिकता बनाउन सिफारिस गरेका थिए । सो किर्ते धन्दामा सूर्यहाङलाई सूर्यबहादुरले सहयोग गरेका थिए ।

झुठो विवरण पेश गरेको थाहा पाएपछि पक्राउ परेका लिम्बूद्वयले सुरज लिम्बू, साजन लिम्बू र सविन लिम्बूको नाममा झुठो नागरिकता बनाएको खुलेको थियो । त्यसै क्रममा पक्राउ परेका उनीहरुलाई प्रहरीले आवश्यक अनुसन्धान गरी मोरङ जिल्ला अदालतमा पेश गरेको थियो ।

अदालतको आदेशले उनीहरु पूर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *