Home  
Janahit Voice

खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु राख्ने ब्यक्ति पक्राउ

३ श्रावण २०८०, बुधबार

काठमाडौँ- काठमाडौँको सिनामंगलमा शङ्कास्पद बस्तु राखेको आरोपमा प्रहरीले रौतहट घर भएका खजान्ती पासवानलाई पक्राउ गरेको छ । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर–८ घर भका पासवान सिनामंगलस्थित सुकुम्वासी बस्तीमा बस्छन् ।

पासवानलाई घटनास्थलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारीले बताए ।

शङ्कास्पद बस्तु राखेको ठाउँमा ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’को नाममा एउटा पर्चा पनि भेटियो । त्यसमा ज्वेलरीका सञ्चालकलाई आफ्नो पार्टीलाई सहयोग गर्न भनिएको थियो । ‘.. तपाईंको सहयोगले हाम्रो देश र जनताहरुलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो’, पर्चामा भनिएको थियो, ‘यहाँ आरडीएक्स बम बारुदको बम राखिएको छ, सावधान रहनु होला ।’

 

सीसी क्यामरामा शंकास्पद वस्तु राख्ने व्यक्तिको कम्मरमुनिको भाग देखिएकाले उनलाइ पक्रन सजिलो भएको छ। प्रहरीले घटनास्थल नजिकै रहेको सुदूरपश्चिम खाना खाजा एण्ड सेकुवा घर सिनामंगलबाट उनलाइ पक्राउ गरेको हो ।

खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु राखेको आरोपमा पक्राउ परेका पासवानले आफूलाई मोबाइल दिएर कसैले राख्न लगाएको बयान दिएका छन् ।

शंकास्पद वस्तु तर्साउनलाई बम जस्तो देखिने गरी ब्याट्रीमा तार बेरेर राखिएको पाइएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *