Home  
Janahit Voice

साँगामा यात्रु बाहक बस दुर्घटना, ५ जना घाइते

३ श्रावण २०८०, बुधबार

काभ्रे — काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमास्थित सूर्यविनायक नगरपालिका-९ स्थित साँगामा बस दुर्घटना भएको छ ।

बा ४ ख ९३९६ नम्बरको  बस बुधबार दिउँसो काठमाडौंबाट बनेपातर्फ आउँदै गर्दा  ३:१५ बजेतिर साँगाको पुलमुनि भिरबाट अन्दाजी २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

दुर्घटनामा चालकसहित पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाकाले जनाएको छ। प्रहरीका अनुसार, घाइते पाँचै जनालाई उपचारका लागि भक्तपुरस्थित मध्यपुर अस्पताल पठाइएको छ ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर देखिएको प्रहरीले बताएको छ ।  गाडीमा १५ जना यात्रु सवार थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *