Home  
Janahit Voice

सुन बरामद प्रकरण : तौल यकिन गर्न नेपाल राष्ट्र बैंकमा लगिँदै

४ श्रावण २०८०, बिहीबार

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुनको तौल यकिन गर्न नेपाल राष्ट्र बैंकमा लगिँदै छ । राष्ट्र बैंकमा लगेर जोखेपछि बरामद सुनको वास्तविक तौल थाहा हुने राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागकै टोलीले उक्त सुन बुधबार बरामद गरेको थियो । विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । अहिले बिहान १० बजेपछि उक्त सुन राष्ट्र बैंकमा लगेर जोखिने बताइएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बरामद भएको अनुमान गरिएको छ। सो प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरिएको अनुसन्धान विभागले जनाएको छ । पक्राउ परेकाहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । थप अनुसन्धान भइरहेको बताइएको छ।

सुन अहिलेसम्मकै फरक शैलीबाट राजस्व छलेर भित्र्याउन थालेको अवस्थामा विभागले सुराकीका आधारमा छापा मारेको स्रोतले बताएको छ। स्रोतका अनुसार स्कुटरमा प्रयोग हुने ‘ब्रेक सु’ मा राखेर उक्त सुन ल्याइएको हो। विमानस्थलमा भएको एक्सरे मेसिनले पनि उक्त सुन पत्ता पाउन नसक्ने गरी भित्र्याइएको पाइएको हो।

बरामद सुनको अन्दाजी तौल अनुमान मात्र गरेको  र राष्ट्र बैंकमा लगेर जोखेपछि यकिन तौल थाहा हुने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *