Home  
Janahit Voice

एकीकृत समाजवादीको एक सातादेखि जारी बैठक आज पनि बस्दै

५ श्रावण २०८०, शुक्रबार

नेकपा (एकीकृत समाजवादी)को एक सातादेखि जारी बैठक आज पनि बस्दै छ।  बिहान ११ बजे कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा बैठक बोलाइएको छ।

आज बैठक सक्ने तयारी रहेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

बिहीबार पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए।

आजको बैठकले महाधिवेशन, पार्टीको आगामी कार्यदिशा, केही रिक्त पदको पूर्ति र जिम्मेवारी हेरफेरको निर्णय गर्ने बताइएको छ। एकीकृत समाजवादीमा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज रिक्त रहेको छ।

बिहीबार राजनीतिक विषयवस्तुमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष नेपालले माघमा महाधिवेशन गर्न प्रस्ताव गरेका थिए।

‘कसैले फागुन २१ गते गर्नुपर्ने बताएका थिए। केहीले मंसिरमै गरौं र पार्टीलाई थप क्रियाशील बनाऔं भनेका थिए,’‘अध्यक्षले  माघमा गर्ने प्रस्ताव गर्नुभएको छ’।

२०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *