Home  
Janahit Voice

आजदेखि कोशी प्रदेश सरकार विरुद्धको मुद्धामा सर्वोच्च अदालतमा बहस हुने

७ श्रावण २०८०, आईतवार

काठमाडौँ – कोशी प्रदेश सरकार गठनको बैधानिकतामाथि सर्वोच्च अदालतमा आज (आइतबार)देखि बहस हुने भएको छ ।

कोशी सरकार गठन असंवैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको आदेश अनुसार आजदेखि बहस हुन लागेको हो ।

नेकपा एमाले कोशी संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन । प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेस गरीसकेका छन ।

सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरे पछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो ।निष्पक्ष रहनु पर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंवैधानिक भन्दै खारेजीको माग एमालेको राखेको छ । आजबाट दुवै पक्षले आ आफ्नो तर्फबाट बहस गर्नेछन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *