Home  
Janahit Voice

विवादित जग्गामा बिरुवा रोप्दा हर्क साम्पाङ परे विवादमा

७ श्रावण २०८०, आईतवार

विराटनगर- शनिबार बिहानै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ  धरान वडा नम्बर ४ मा पर्ने छोटी मोरङमा आफ्ना समर्थकसहित वृक्षारोपण गर्न पुगे ।

सयौँ समर्थकलाई लिएर त्यहाँ पुगेका उनले वृक्षारोपण गर्न लागेको जग्गा भने निजी व्यक्तिको थियो । यद्यपि उक्त जग्गा विवादरहित भने थिएन । जग्गा धनी रोशन अधिकारीको परिवारले साम्पाङलाई त्यहाँ बिरुवा नरोप्न र रोपे फाल्दिने चेतावनी दियो । त्यसपछि त्यहाँ निक्कै बेर हल्लाखल्ला र विवाद भयो ।

विवादबीच बिरुवा रोपेर धरान फर्किएका प्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा त्यही घटनालाई इङ्गित गर्दै स्ट्याटस लेखेका छन् र उनले भनेका छन्, ‘बिरुवा रोपेको उखेलिए डोजर चल्नेछ ! अनेक थरिको मुद्दा लाग्नेछ र पूरै पब्लिक उठाएर माफियाहरू विरुद्ध जाइलाग्नेछौँ ! चुपो लागेर बस है ।’ उनले दिएको यो चेतावनीपूर्ण भाषा उनै जग्गा धनी रोशन अधिकारीलाई लक्षित थियो ।

रोशन अधिकारी धरानकै स्थायी बासिन्दा हुन् । अघिल्लो कार्यकालमा धरान १ बाट उनी नेपाली काँग्रेसको उम्मेदवार बनेर वडाध्यक्षमा विजयी भएका थिए ।  ‘हामीले विगत ९ वर्षदेखि निजी कम्पनी सञ्चालन गर्दै आएका छौँ । पर्यटन मन्त्रालय, नगरपालिका, घरेलु कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायत सबैसँग हामीले दर्ता गराएका छौँ । भर्खरै मात्रै उड्डयन प्राधिकरणलाई लगभग ३ लाख रुपैयाँ तिरेर इजाजत लिएका छौँ,’‘प्याराग्लाइडिङ उडाउनका लागि हामीले सबै कागजात चुस्त राखेका छौँ ।’‘उनले भनेका छन’।

‘यस जग्गाको धनी पूर्जा पनि छ । ३/४ वर्ष अगाडि यहाँको धेरै जग्गाको विषयमा मुद्दा परेको छ र अहिले पनि चलिरहेको छ । त्यहाँ अदालतले खरिद विक्रीमा रोक लगाए पनि भोगचलन गर्न रोक लगाएको छैन,’ अधिकारीले भने ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *