Home  
Janahit Voice

भारतबाहेक अन्य मुलुक जानेले २५ सय डलरसम्म रकम लैजान पाउने

७ श्रावण २०८०, आईतवार

अब भारतबाहेक अन्य जुनसुकै मुलुक जानेले २५ सय डलरसम्म रकम लैजान पाउने व्यवस्था   भएको छ। हाल अमेरिकी डलर १५ सयसम्म सटही सुविधा उपलब्ध थियो।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि मौदिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो।

नीतिमा उल्लेख छ, ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म २५ सयसम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ।’

त्यस्तै, हवाइ सेवा प्रदायक कम्पनीलाई पनि सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा एक लाख अमेरिकी डलरसम्म वाणिज्य  बैंकबाट पठाउन सकिने व्यवस्था गरिएको छ।

“हवाई सेवा प्रदायकलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृति/सिफारिश र तोकिएका कागजात समेतको आधारमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य ब्यांंकमार्फत पठाउन सकिने व्यवस्था गरिनेछ,” मौद्रिक नीतिमा भनिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *