Home  
Janahit Voice

बंगलादेशकी समकक्षी शेख हसिनासँग आज प्रचण्डले भेटवार्ता गर्दै

८ श्रावण २०८०, सोमबार

इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) बंगलादेशकी समकक्षी शेख हसिनासँग द्विपक्षीय भेट गर्दैछन्।

सोमबार नै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेट गर्ने कार्यक्रम तय भएको नेपाली राजदूतावासले जानकारी दिएको छ।

प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडिआइएफ) कार्यक्रमका अध्यक्षसँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भएको पनि बताइएको छ।

मंगलबार गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा त्यहाँ रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्रीले अन्तरक्रिया गर्नेछन्।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्-२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली गएका दिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *