Home  
Janahit Voice

ललितानिवासको प्रकरणमा २ नक्कली मोही पक्राउ

८ श्रावण २०८०, सोमबार

ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन्।

उनीहरू नक्कली मोही रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए। उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो पक्राउ गरिएको बताएका छन।

उनका अनुसार, उनीहरु ११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा हडपिएको प्रकरणमा नक्कली मोही बनाइएका थिए । सीआईबीले आइतबार मात्रै नापी विभागका पूर्वकर्मचारी अरुणकुमारलाई यो प्रकरणमा पक्राउ गरेको थियो ।

हाल यसमा संलगन १९ जना प्रहरी हिरासतमा छन् । सीआईबीले ठगी र संगठित अपराधको कसूर अन्तरगत यो मामलामा अनुसन्धान गरिरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *