Home  
Janahit Voice

नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किंदा एघार जना घाइते

९ श्रावण २०८०, मंगलवार

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक र बस ठोक्किदा ११ जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका-२९ चौधकिलो पुल नजिकै आज बिहान साढे ७ बजेतिर नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक ठोक्किएका हुन् ।

घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाइएको छ।घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

एक आपसमा ठोक्किएका दुवै सवारी साधानलाई क्रेनको सहायताले सडक छेउमा राखेर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *