Home  
Janahit Voice

अवरूद्ध नारायणगढ मुग्लिन सडकखण्ड पुन: सञ्चालनमा

९ श्रावण २०८०, मंगलवार

बिहान ७ बजेदेखि पूर्ण रूपमा अवरूद्ध भएको नारायणगढ मुग्लिन सडकखण्डको अवरोध पन्छाइएको छ।

पहिरोग्रस्त क्षेत्रबाट अलिअलि ढुंगा झरिरहेकाले मंगलबार बिहान केहीबेर अवरूद्ध रहेको र अहिले दुवैतर्फ सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

‘चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा स-साना ढुंगासहितको पहिरो खसेपछि बिहान केहीबेर अवरूद्ध भएको थियो। अहिले दुवैतर्फ नै सञ्चालनमा छ। तर, पहिरो खस्न भने रोकिको छैन,’ सडक डिभिजन भरतपुरका सूचना अधिकारी ले जानकारी दिए।

सडक डिभिजनबाट तैनाथ अवस्थामा राखिएको उपकरणद्वारा तत्कालै पहिरो हटाएर यातायात सञ्चालन गराइएको पनि बताएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *