Home  
Janahit Voice

मे १ ज १९४१ नम्बरको जिप दुर्घटना: १ मृत्यु, १३ जना घाइते

९ श्रावण २०८०, मंगलवार

मंगलबार मेची राजमार्ग अन्तर्गत पाँचथर खण्डमा  जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । झापाको विर्तामोडदेखि ताप्लेजुङ हिँडेको मे १ ज १९४१ नम्बरको जिप मंगलबार दिउँसो १ बजे फिदिम नगरपालिका २ सामदिनमा दुर्घटना भएको हो ।

दुर्घटनामा  निधन हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष भएपनि उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।|

दुर्घटनामा परी घाइते हुनेहरुमा ताप्लेजुङकी ४० वर्षीया सविना विश्वकर्मासहित २ जना , बुद्धहाङ लिम्बू, इसेटिमा शेर्पा,  सरोज मादेन, अजय लिम्बू,पाँचथरका रोशन श्रेष्ठ र भुपेन्द्र श्रेष्ठ, इलाम दानावारी ८ घर भएका चालक अर्जुन विश्वकर्मा, निरुता सिन्चेउरी कालिकोट जिल्लाको पतञ्जली गाउपालिका–१ का सुमन खड्का, काठमाडौं–२० की मिना लिम्बू, पाँचथर फाल्गुनन्द ३ का राम नेम्वाङ, फिदिम १० की सविना विक, फिदिम–१० कै पुस्तिका विश्वकर्मा रहेका छन।

घाइतेमध्ये सविना विश्वकर्मा र मिना लिम्बूलाई थप उपचारका लागि झापा पठाइएको पाँचथर प्रहरीले जनाएको छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *