Home  
Janahit Voice

विमानस्थल भन्सार प्रमुख पोखरेल हटाइए, पाण्डेलाई दिइयो जिम्मेवारी

९ श्रावण २०८०, मंगलवार

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख फेरिएका छन्।  अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाउँदै सहसचिव टोकराज पाण्डेलाई पठाएको छ।

झन्डै एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट अलग गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव धनिराम शर्माका अनुसार पोखरेलको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई पठाइएको छ । पाण्डे आइतबारमात्रै राष्ट्रिय किताब खानाबाट अर्थमा सरुवा भएका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *