Home  
Janahit Voice

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरूद्ध गर्ने प्रतिपक्षी दल एमालेको तयारी

१० श्रावण २०८०, बुधबार

नेकपा (एमाले) प्रमुख प्रतिपक्षी दल ले बुधबार (आज) बस्ने संसद बैठक अवरोध गर्ने तयारी गरेको छ।

यसैको तयारीका लागि एमालेले संसदीय दलको बैठक बोलाएको बताइएको छ। एमालेले संसदीय दलको बैठक बसेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासहित संसद् अवरूद्ध गर्ने तयारी गरेको हो।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। नेकपा एमालेले १२ बजे संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

‘हामीले १२ बजे संसदीय दलको बैठक बोलाएका छौं, ’ उनले भने, ‘त्यही बैठकले आवश्यक निर्णय गर्छ। सुन प्रकरणमा हामीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छौं। यस प्रकरणमा उहाँको कमजोरी देखिएको छ।’

सोमबार राति कम्बोडियाबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री श्रेष्ठको आलोचना गरेका थिए। सुन काण्डमा गृहमन्त्रीले आफ्नो संलग्नता रहे, नरहेको प्रष्ट पार्नुपर्ने भन्दै एमालेले त्यत्तिकै नछाड्ने बताएका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *