Home  
Janahit Voice

कांग्रेस केन्द्रीय समिति बैठकमा आज सभापति देउवाले जवाफ दिने

१० श्रावण २०८०, बुधबार

काठमाडौँ – आज पनि नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । दिउँसो ४ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको छ ।

गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि गत सोमबारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए । जसअनुसार सोमबार उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणा तथा छलफलका बिषयलाई निष्कर्ष दिने र सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएकाे छ । त्यसपछि विभिन्न निर्णय गर्दै आज केन्द्रीय समिति बैठक समापन हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *