Home  
Janahit Voice

डेङगु संक्रमणबाट धरानमा ७ जनाको मृत्यु

१० श्रावण २०८०, बुधबार

काठमाण्डौं – सुनसरीको धरान उपमहानगरपालिकामा डेंगीको संक्रमण तीब्र गतिमा फैलिइरहेको छ । धरानमा हालसम्म डेंगीको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।

उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताका अनुसार ३ हजार ५ सय ३२ जना डेङगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ । यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो ।

धरान उपमहानगरपालिकाले डेंगी नियन्त्रढाको लागि भन्दै सर्च एण्ड डिस्ट्रोयलाई नै प्रभावकारी उपायाको रुपमा लिएर काम अगाडि बढाइरहेको छ । धरानका प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाएको छ । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ ।

डेंगी तीब्र गतिमा फैलिन थालेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगुको छुट्टै १ सय ५० जनासम्म अट्ने गरी उपचारको व्यवस्था गरिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *