Home  
Janahit Voice

१ लाख रुपैयाँ घुस सहित प्रहरी वरिष्ठ हवल्दार सिंहलाई पक्राउ

११ श्रावण २०८०, बिहीबार

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं बुढानीलकण्ठबाट १ लाख रुपैयाँ घुस रकमसहित प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई पक्राउ गरेको छ ।

टंगलास्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले सिंहलाई बुधबार राति बुढानीलकण्ठ-२ वासिकबाट पक्राउ गरेको हो ।

जानकारीमा आएअनुसार  कुख्रे खोलाको ढल तथा सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्केको बालुवा व्यवस्थापन सहजीकरण गर्ने नाममा एक सेवाग्राहीबाट लिएको घुस रकमसहित पक्राउ गरिएको हो ।

सिंहलाई थप अनुसन्धानका लागि आयोगको हिरासतमा राखिएको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *