Home  
१२ श्रावण २०८०, शुक्रबार
सेती नदीमा डुबेर एक बालक बेपत्ता
डोटीको सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्।दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
डोटीका अनुसार बिहिवार पौडी खेल्ने क्रममा उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई उद्धार गरिएको छ ।मिलनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
बेपत्ता बालकको खोजी कार्य जारी छ। उनको खोजीका लागि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ।