Home  
Janahit Voice

चन्द्रागिरिमा मारूती भेन गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

१२ श्रावण २०८०, शुक्रबार

काठमाडौँ -शुक्रबार वा१०च ३५४६ नम्बरको मारूती भेन गाडी काठमाडौँको चन्द्रागिरि ४  पानीघाटमाथि  दुर्घटना हुँदा  दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक २० वर्षीय नवराज ठोकर तामाङ र ४५ वर्षीय अनिल तामाङ रहेका छन। उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरी परिसर काठमाडौँले जनाएको छ।

काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ‘ओभर स्पिड’ भई सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाडी धकेल्नका लागि तल ओर्लिएका कारण तीनजना भने बाँच्न सफल भएका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *