Home  
Janahit Voice

नापी कार्यालय चाबहिलका अधिकृत पुरीविरूद्ध एक करोडको भ्रष्टाचार मुद्दा

१४ श्रावण २०८०, आईतवार

एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चाबहिलका नापी अधिकृतविरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले नापी अधिकृत राजु पुरीविरूद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको बताइएको छ।

उनले २०५२ पुस ९ गते सेवा प्रवेश गरी २०७९ असार मसान्तसम्मको अवधिमा कमाएको एक करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ बराबरको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

आरोपितको १ करोड ४ लाख ३ हजार ९ सय रकमको स्रोत नखुलेको आयोगका प्रवक्ता दाहालले जानकारी दिए । गैर कानुनी तरिकाबाट कमाएको सम्पत्ति पत्नी सृजना गिरीको नाममा समेत देखिएको भन्दै अख्तियारले उनलाई पनि  प्रतिवादी कायम गरेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *