Home  
१५ श्रावण २०८०, सोमबार
महांकाल मन्दिरमा ट्यांकर ठोक्किदा चालक गम्भीर घाइते
काठमाडौं- काठमाडौंको महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा ट्यांकर चालक गम्भीर घाइते भएका छन् । ना २ क ४० नम्बरको ट्यांकर त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गर्दा आज बिहान करिब २:१५ तिर मन्दिरको भित्तामा ठोक्किएको हो ।
उक्त दुर्घटनामा ट्यांकर चालक काठमाडौंको बसुन्धरा बस्ने ओखलढुंगाका ५९ वर्षीय चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् ।
सिटमै च्यापिएका उनलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टरमा पुर्याएको थियो । उनको उपचार जारी छ ।
१२ हजार लिटर क्षमताको ठूलो ट्यांकरको ठक्करबाट महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।