Home  
Janahit Voice

कालोमोसो दल्ने मोरङ अध्यक्षलाइ गर्‍यो नेविसंघले निलम्बन

१५ श्रावण २०८०, सोमबार

विराटनगर – पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले संगठनका मोरङ अध्यक्षलाई निलम्बन गरेको छ ।

छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

दाहालमाथि कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका थिए । कालोमोसो दल्नु नेविसंघको आदर्श, मूल्य(मान्यतावको विपरीत भएकोले उनीसहित केहीलाई कारबाही गरिएको अध्यक्ष शेर्पाले बताएका छन् ।

नेविसंघका नेता पोखरेल लगायतले सेवा आयोगका अध्यक्ष प्रा.डा.दाहालमाथि निवासमै पुगेर कालोमोसो दलेका थिए ।

हालै बसेको नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले गुण्डागर्दी गर्ने र कालोमासो दल्ने काममा संलग्नलाई कार्वाही गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार पोखरेलमाथि कार्वाही भएको हो ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *