Home  
Janahit Voice

औधोगिक महोत्सब विर्तामोड :अटोमोबाइल्समा उपभोक्ताको आकर्षक

१४ चैत्र २०७९, मंगलवार

काठमाण्डौ: झापाको बिर्तामोडमा संचालित विर्तामोडअन्तराष्ट्रिय औधोगिक ब्यापार महोत्सब अटोमोबाइल्स तर्फबाट अबलोकनकर्ता हरुको ध्यान खिचिएको पाइएको छ। बुधबार दिउँसो महोत्सब अबलोकन गर्न पुगेका कनकाइ नगरपालिका निबासि त्रिलोचन उप्रेतिले नेक्सन इभिएक्सन जेठ लक्स कार खरिद गरेका छ्न। उनको बजार मुल्य ४२ लाख ९९ हजार रहेको अल्सका अटॊ मोबाइल्स प्रालिका सेल्स म्यानेजर एजन नेउपानेले जानकरि दिए। उप्रेतिले खरिद गरेको उत्क्त विधुतियकार एक पटक चार्ज गरेपछि २५० किलोमिटर सम्म सन्चालन गर्न सकिने जनाएको छ। महोत्सब स्थलमै आयोजित एक संक्षिप्त कार्यक्रममा महोत्सब आयोजक समितिका संयोजक राजु न्यौपानेले र बिर्तामोड उद्धोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले सवारि साधानको साँचो खरिद कर्ता उप्रेतिलाइ हस्तान्तरण गरे। पेट्रोलियम पदार्थको मुल्य बॄद्धि निरन्तर बढिरहेको बेला उपभोक्ताको आकर्षक विधुतिय सवारि साधन तर्फ केन्द्रित हुँदै गएको छ।

महोत्सब स्थलमा विधुतीय साइकल, स्कुटर, लगाएतका सवारी साधानका स्टल राखिएका छ्न। कोमाकी कम्पनीका विधुतिय स्कुटरको स्टलबाट ६ ओटा सवारी बुक भईसकेको बताएको छ। महोत्सब अबधिभर ५० ओटा सवारि बिक्रि गर्न लक्ष्य राखेको कम्पनिका प्रतिनिधिले बताए। महोत्सबकै अबधिमा खरिद गर्नेलाइ १९ हजार रुपैया छुटको समेत अफर रहेको छ। त्यस्तै हुन्डा, यमाहा,सोनालिका, टिभयस, पल्सर, ब्राण्डका सवारी साधनको स्टलमा अबलोकन कर्ताहरुको उल्लेख्य उपस्थिति र चासो रहेको कम्पनिका प्रतिनिधिहरुले बताए। त्यस्तै बिधुतिय साइकल तर्फपनि उपभोक्ताको आकर्षण बढेको पाइएको छ। गत ५ फागुन देखि सुरु भएको महोत्सब ११ दिन सम्म सन्चालन हुनेछ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *