पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको घट्यो
काठमाण्डौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ भने खाना पकाउने ग्यासको घटाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल र डिजेलको मूल्य बढाउने निर्णय गरेको थियो ।
बैठकले पेट्रोलको भाउ प्रतिलिटर ९ रुपैयाँ वृद्धि गरेको छ भने डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ७ रुपैयाँ बढाउने निर्णय गरेको हो ।त्यस्तै खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको छ।
मंगलबार राति १२ बजेबाट लागू हुने गरी निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमका अनुसार पेट्रोलको मूल्य तेस्रो वर्गमा १७३, दोस्रो वर्गमा १७२ र पहिलो वर्गमा १७० रुपैयाँ ५० पैसा कायम भएको छ ।
यस्तै डिजेल तथा मट्टीतेलको मूल्य तेस्रो वर्गमा १५३, दोस्रो वर्गमा, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५० रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ ।
निगमले खाना पकाउने ग्यासको भने भाउ घटाएर १६६० कायम गरेको छ ।हवाई इन्धनको भाउ भने यथावत छ।
भारतबाट मूल्य घटबढ भएर आएसँगै स्वचालित मूल्य प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।