Home  
Janahit Voice

केही मन्त्री सहित कोशी प्रदेश नवनियुक्त मुख्यमन्त्री थापाले शपथ लिँदै

१७ श्रावण २०८०, बुधबार

विराटनगर -कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान १० : ३० बजे  पद तथा गोपनीयताको शपथ लिँदैछन्। उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराउनेछन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले शपथको कार्यक्रम साढे १० बजेका लागि राखिएको जानकारी दिए । मुख्यमन्त्रीको कार्यालयबाट केही मन्त्रीको पनि शपथ हुने जानकारी आएको र सोही अनुसार तयारी गरिएको श्रेष्ठले बताए ।

यसअघि मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले आफ्नो यसअघिकै क्याविनेटका मन्त्री दाेहाेरिने संकेत गरेका थिए। यसअघि कांग्रेसबाट प्रदिपकुमार सुनुवार, राककुमार खत्री, माओवादीबाट जीवन आचार्य, राजेन्द्र कार्की, नेकपा एसबाट कमल जवेगु  मन्त्री बनेका थिए। उनीहरूमध्ये आचार्यले आर्थिक मामिला तथा याेजना मन्त्रीकाे जिम्मा पाए पनि अरू मन्त्रीहरू जिम्मेवारीविहीन थिए।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेको र गठबन्धनसँग बहुमत  अर्थात् ४७ सांसद पुगेका हुन् ।

गठबन्धनको सरकार बनाउन सभामुख गौतमले मंगलबार नै पदबाट राजीनामा दिएका थिए । यसअघि सभामुखको हैसियतमा छुट्टै हस्ताक्षर लिएर सरकारको दाबी गरेर नियुक्त भएका थापालाई नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालते मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै बर्खास्त गरेको थियो ।

कोशी प्रदेश नवनियुक्त मुख्यमन्त्री थापाले केही मन्त्री सहित शपथ लिँदै

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *