Home  
Janahit Voice

८ तलाबाट हामफालेका कपडा व्यापारीको मृत्यु

१७ श्रावण २०८०, बुधबार

काठमाडौँ – काठमाडौँको न्यूरोडमा एकजना व्यापारीले ८ तला माथिबाट हामफालेका छन् ।  आफ्नै घरको आठौं तलाबाट  ५५ वर्षीय संजय गुप्ताले हामफालेका हुन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–२५ मासागल्लीस्थित घरको छतबाट हामफालेका उनलाई उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

वीर अस्पतालका चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका छन् । उनी कपडाको व्यापार गर्दै आएका थिए । मंगलबार दिउँसो १ बजेर ३० मिनेटमा उनले हामफालेका हुन् । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *