Home  
१८ श्रावण २०८०, बिहीबार
पुलबाट नारायणी नदीमा हामफालेकी महिलाको उपचारकाक्रममा मृत्यु
बिहीबार विहान नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको उपचारकाक्रममा मृत्यु भएको छ।
अन्दाजी ४५ वर्षकी महिला विहान पौने ८ बजेतिर नारायणगढस्थित नारायणी पुलबाट हामफालेको केहीबेरमा उद्धार गरिएको थियो।
वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षकको नेतृत्वमा विपद व्यवस्थापन टोलीले ती महिलाको उद्धार गरि चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।
उनको उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
यसअघि साउन १० गते विहान पनि एक जना महिला यही पुलबाट नदीमा हामफालेकी थिइन्। उनलाइ ३ दिनपछि मृत अवस्थामा भेटिएको थियो।