Home  
Janahit Voice

आज सुनको मूल्य दुई सय र चाँदीको मुल्य ३५ रुपैयाँले घट्यो

१८ श्रावण २०८०, बिहीबार

बिहीबार सुन-चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मुल्य ३५ रुपैयाँले घटेको हो।

बिहीबार सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी भने प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भएको थियो।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *