Home  
Janahit Voice

गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

१९ श्रावण २०८०, शुक्रबार

गुल्मी – गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका–४ डाँडाथोककी ३६ वर्षकी फुलकुमारी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

फुलकुमारी बिहीबार बिहान ढुंगेठाटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । उनी भिरबाट लडेर करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

भिरबाट लडेर मृत्यु भएकी नेपालीलाई सँगै घाँस काट्न गएका आफन्तहरुले घरमा ल्याएको प्रहरीले बताएको छ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *