Home  
Janahit Voice

वर्षाका कारण पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

२१ श्रावण २०८०, आईतवार

मकवानपुर- काठमाडौं-हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ गयराती देखि परेको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध भएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार बिहान ९:३० बजे बजेको समयमा त्रिभुवन राजपथ अन्तर्गतको सो स्थानमा पहिरो खस्दा भैसे हुँदै पालुङ, नौबिसे सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

प्रहरीका अनुसार  पहिरो खस्दा अवरुद्ध बनेको सडक खण्डमा पहिरो हटाइ सडक खुलाउने कार्य भइरहेको  छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *