Home  
Janahit Voice

सिन्धुलीका सुजनको फेवातालमा शव फेला

२१ श्रावण २०८०, आईतवार

पोखरा – फेवातालमा  एक जना युवाको शव फेला परेको छ । पोखरा सेदीस्थित वाटरफ्रण्ड रिसोर्टनजिकै तालमा शव तैरिइरहेको अवस्थामा नजिकै रेस्टुरेन्टमा काम गर्ने ब्यक्तिले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

कपडासहित तैरिरहेको शवबाट मोबाइल, केही पैसा र लाइसेन्ससमेत फेला परेको थियो । कागजातअनुसार उक्त शव सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ९ का सुजन थापामगर रहेको प्रहरीले जनाएको थियो ।

पानीका कारण मोबाइल भने नखुलेकाले थप जानकारी पाउन नसकिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।

जोशीका अनुसार शव हेर्दा बिहीबार बेलुका डुबेको हुनसक्ने अनुमान छ । उनी सिन्धुलीबाट घुम्न आएका थिए कि पोखरामै बस्थे भन्ने एकिन नभएको बताइएको छ।

प्रहरीले मुचुक्ला उठाएर शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । शव हेर्दा चोटपटक वा कुनै डामसमेत नदेखिएकाले अन्य शंका गर्ने अवस्था भने रहेको प्रहरीको  भनाइ छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *