Home  
Janahit Voice

ललितानिवास जग्गा प्रकरण: विजय गच्छदार सहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

२२ श्रावण २०८०, सोमबार

काठमाडौँ – ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका विजय कुमार गच्छदारसहित  ४ पूर्व मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

आइतबार नै सर्वोच्च अदालतले ललिता निवास प्रकरण मुख्य निर्णयकर्ता समेतलाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आदेश दिएको थियो ।

ललितानिवास प्रकरणमा २० जना हिरासतमा छन्। ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *