Home  
Janahit Voice

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

२२ श्रावण २०८०, सोमबार

काठमाडौं – आज प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाइनेछ।

त्यस्तै, सभामुखले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पनि पढेर सुनाइनेछ ।

यसैबीच सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची पनि छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मन्त्रिपरिषद्को निर्णयबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगको कार्यावधि थपको प्रस्ताव गर्ने पनि कार्यसूची छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *