Home  
Janahit Voice

सीआईबीले अघि बढायो सुन प्रकरणमा अनुसन्धान, तोकिए एसपी थापा अनुसन्धान अधिकृत

२२ श्रावण २०८०, सोमबार

काठमाण्डौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट भित्रिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वको टोलीले अघि बढाउने भएको छ।

यस प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका सीआईबी स्रोतले जनाएको छ ।

आइतबार राजश्व अनुसन्धान विभागले सुन प्रकरण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो।

त्रिभुवन विमानस्थल भन्सार  कार्यालयबाट बाहिरिएको सुन साउन  २  मा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

यस प्रकरणमा विभागले १८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये एक जनालाई हाजिर जमानीमा छाडेको थियो। यस प्रकरणमा राजश्व छलीमात्रै नभएर संगठित अपराध र अन्तदेशीय अपराध भएको भन्दै अनुसन्धानको जिम्मा प्रहरीलाई दिनुपर्ने माग भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतको भेटमा यसको अनुसन्धानको जिम्मा सिआइबीलाई दिने छलफल भएको थियो। छलफलपछि प्रधानमन्त्री प्रचण्डले अनुसन्धानको जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *