Home  
२३ श्रावण २०८०, मंगलवार
काठमाडौंको गुहेश्वरि र गौरीघाट क्षेत्र डुबानमा
सुमित्रा घिमिरे, काठमाण्डौं
काठमाडौं उपत्यकामा भएको भारी वर्षाले गुहेश्वरी, गौरीघाट आदि क्षेत्र डुबानमा परेको छ । निजी घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन । बाग्मती पानीको बहाव बढेर सडकमाथि बग्न थालेको छ । सडकबाट पानी घर र पसलहरूमा पसेको छ ।
काठमाडौं उपत्यकामा रातभर भारी वर्षा भएको कारणले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ ।