Home  
Janahit Voice

निजी शिक्षण संस्था आन्दोलित,मस्यौदा सशोधन नगरे देशभरका विद्यालय बन्द गर्ने चेतावनी

२३ श्रावण २०८०, मंगलवार

संघीय शिक्षा ऐनमा संसोधनको माग गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सहितका नेता आन्दोलित भएका छन। संघीय शिक्षा ऐन प्रारन्भ भएको ५ बर्ष भित्र निजी बिद्यालय शैक्षिक गुठिका रुपमा रुपान्तरण गर्नुपर्ने लगायतका प्रावधान खारेज गर्नुपर्ने माग गर्दै प्याब्सन र प्याब्सन हिसान इस्टु लगायतका संस्था आन्दोलित भएका छन।

ऐन संसोधन नगरे देशभरीका विद्यालय बन्द गरिने चेतावनी ती संस्थाले दिएका छन। संस्थाका प्रतिनिधिहरुले आइतबार शिक्षा बिज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राइलाइ भेटेर सडक आन्दोलन सहित शिक्षण संस्था बन्द गर्ने बताएका हुन। मन्त्री राइ र सचिब शुरेस अधिकारीले संघीय संस्था ऐन यो साता प्रतिनिधिसभामा दर्ता हुने बताएपछि आक्रोशित निजी शैक्षिक संस्थाका प्रतिनिधिले विद्याल बन्द गरेर आन्दोलनमा जादा पर्ने असर को जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी पनि दिएका छन।

मन्त्री सँग भेट गर्न मन्त्रालय पुगेका निजी शिक्षण संस्थाका प्रतिनिधिले तत्काल मुआब्जा दिएर विद्यालय बन्द गर्न वा राष्ट्रियकरण गर्न चेतावनी दिएको प्याब्सनका अध्क्षय डीके ढुंगानाले बताउँनुभयो । यस अघिनै हिसान र प्याब्सन अभिभाअबक महासंघ इस्टु लगाएतका संस्थाले छहफल नै नगरी ल्याएको मसौदाको बिरोधमा कडा आन्दोलन गर्ने बताइसकेका छन।

प्याब्सनको सनिबार सम्पन्न पदाधिकारी र केन्द्रिय समितिको वैठकले सबै सरकारवाला सँग छलफल गरी आन्दोलनको तय गरेको जानकारी दिदै प्याबसन अध्यक्ष डीके ढुंगानाले तिन दिनसम्म सबैसग भेटभाट गर्ने र त्यति समय सम्मपनि मस्यौदा परिमार्जन नगरे विद्यालय बन्द सहितको कडा आन्दोलन गर्ने बताउनु भयो। प्याब्सन मुख्यालयमा आइतबार बसेको सरोकारवालाको बैठकले मस्यौदामा उल्लेख गरेका विषय तत्काल नहटाए देशव्यापी आन्दोलनमा जाने निर्णय गरेको थियो।

बैठकमा प्याब्सन, एन प्याब्सन हिसान ,अभिभावक महासंघ ,संस्थागत विद्यालय,शिक्षक युनियन(इस्टु)का अध्यक्षको उपस्थिति थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *