Home  
Janahit Voice

आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२४ श्रावण २०८०, बुधबार

काठमाण्डौं-प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै, सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनको जानकारी संसदसमक्ष गराउने कार्यसूची पनि रहेको छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरूपण तथा मेलमिलाप आयोगको पदावधि थपसम्बन्धी प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक कार्यसूचीमा अघि बढ्न सकेन। गत साउन २ गते एक क्विन्टलभन्दा बढी सुन त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको प्रकरणमा सांसदले उठाएको प्रश्नको जवाफ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएका थिए। तर, प्रमुख प्रतिपक्षी दल एमालेले चित्त बुझाएन र सदन अवरूद्ध गर्‍यो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *