Home  
Janahit Voice

संखुवासभा जिल्ला कारागारका दुई कैदीबन्दीको शंकास्पद मृत्यु

२४ श्रावण २०८०, बुधबार

खाँदबारी-जिल्ला कारागार संखुवासभा दुईजना कैदीबन्दीको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा कारगारमा रहेका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश वलामी रहेक छन।उनिहरुको बुधबार बिहान रहस्यमय मृत्यु भएको हो।

मंगलबार राति १ बजेतिर कारागारको शौचालयबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डीएसपी विरेन्द्र गोदारले जानकारी दिए । डीएसी गोदरले भने – ‘बिहान दुबैजनालाई कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्पताल लगियो । उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको हो । ‘

अहिले शव जिल्ला अस्पतालमा शवगृहमा राखिएको छ । बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए । घटना पछि जिल्ला कारागार परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घटनाका विषयमा अहिले जिल्ला सुरक्षा समितिको बैठक जिल्ला प्रशासन कार्यालयमा बसिरहेको छ । घटनाको अनुसन्धानका लागि छानबिनका समिति गठन गरिने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *