Home  
Janahit Voice

बैतडीमा सर्पको टोकाइबाट किशोरीको मृत्यु

२४ श्रावण २०८०, बुधबार

बैतडी- बैतडीमा सर्पको टोकाइबाट किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्द रहेकी छिन।

अनितालाई मंगलबार राती महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको बताइएको छ। महिनावारी भएको चार दिन भएको रहेछ, गाईर्भैँसीकै गोठमा सुतेकी रहिछन्’अनिताका आफन्त चन्दले भने, ‘मध्यराती सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले बैद्यलाई बोलाउन गएको समयमा उनको घरमै मृत्यु भयो।’

किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन्। महिनावारी भएको बेला अधिकांश जसो महिला तथा किशोरीहरु गोठमै सुत्ने गरेको स्थानीय चन्दले बताए। ‘देवीदेवताको डरका कारण केहि महिला तथा किशोरीहरु गोठमा सुत्छन्, केहि घरमा अलग्गै सुत्ने गरेका स्थानिएको भनाइ रहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *