Home  
Janahit Voice

प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

२४ श्रावण २०८०, बुधबार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध गरेको छ । नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी गर्दै अबरुद्द गरेको हो।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो ।

तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागे । सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाए । सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका हुन् ।

सभामुख घिमिरेले साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्। एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै लगातार संसद अवरोध गरिरहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *