Home  
Janahit Voice

ढुवानीका क्रममा हरायो नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड

२४ श्रावण २०८०, बुधबार

काठमाण्डौं-नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ।

टेलिकमले सूचना जारी गर्दै ढुवानीका क्रममा १० लाख रुपैयाँ बराबरको ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको जानकारी दिएको छ।

टेलिकमले सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड खरिद बिक्री नगर्न वितरक र ग्राहकलाई अनुरोध गरेको छ।

ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन अथवा टेलिकमको कार्यालयमा सम्पर्क गर्न ‍नेपाल ‍टेलिकमले अनुरोध गरेको छ।

हराएका कार्डमा पैसा नहुने भएकाले कसैले पनि ती कार्ड नकिन्न उनले अनुरोध गरेको छ।

ढुवानीको क्रममा रहेका कार्ड टेलिकमको सम्बन्धित कार्यालयमा पुगेर सिस्टममा इन्ट्री नगरेसम्म ती कार्डमा पैसा हुँदैन। त्यसैले अहिले हराएको कार्डमा पनि पैसा नभएकाले ती कार्ड किनेर रिचार्ज गर्न नमिल्ने बताइएको छ।

Janahit Voice

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *